अख्तियारका डिआईजी श्रेष्ठको उपत्यका प्रहरी कार्यालयमा सरुवा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीका नायब महानिरीक्षक डिआईजी हिमालयकुमार श्रेष्ठको सरुवा भएको छ।

श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको हो। रानीपोखरी कार्यालयमा डीआईजी पद रिक्त रहेको अवस्थामा श्रेष्ठलाई पठाइएको हो।

गृह मन्त्रालयले ११ जना डीआईजी बढुवाको निर्णय गरेको छ जस अनुसार अब अख्तियारमा ओमबहादुर राना पुगेका छन् ।

उनीहरूलाई शुक्रबारै दर्ज्यानी चिह्न पनि प्रदान गरिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय