सरदरभन्दा १५ दिन छिटो गरी नेपालमा मनसुन भित्रियो

काठमाडौं । नेपालमा वर्षा गराउने मनसुन प्रणाली भित्रिएको छ । बिहीबार रातिबाट मनसुन नेपाल प्रवेश गरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनले सबैभन्दा पहिले नेपालको पूर्वी भू-भाग हुँदै कोशी प्रदेशका अधिकांश स्थानमा विस्तार पाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षा भइसकेको छ।

सामान्यतः नेपालमा मनसुन जुन १३ (जेठ ३०–३१) तिर प्रवेश गर्ने गर्छ। तर, यसपटक १५ दिन अघिनै मनसुन सुरु भएको हो।

हालको अवस्थाअनुसार देशका अन्य भू-भागहरूमा भने अझै केही समयपछि मात्रै मनसुन विस्तार हुने देखिएको छ। हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव बाँकी भू-भागहरूमा यथावत् रहेको छ।

मौसमविद्हरूका अनुसार आगामी दिनमा देशभर मनसुनी प्रणाली विस्तार हुँदै जानेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...