आईपीएलको फाइनल प्रवेशका लागि पञ्जाब र बेंगलुरु भिड्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

पञ्जाब लिग चरणमा शीर्ष स्थानमा तथा बेंगलुरु दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएका थिए । दुवैको समान १९ अंक भएपनि पञ्जाब नेट रनरेटमा अघि थियो ।

आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै पराजित टोलीलाई फाइनल पुग्ने अर्को एक मौका हुनेछ । पराजित टोलीले गुजरात र मुम्बईका बीच हुने इलिमिनेटर खेलको विजेतासँग खेल्ने छ ।

लिग चरणमा पञ्जाब र बेंगलुरुका बीचमा २ खेल भएको थियो जहाँ दुवै टोलीले १-१ खेल जितेका थिए ।

दुवै टोली हालसम्म उपाधिविहीन छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय