बुधबार राति पूर्वी क्षेत्रमा भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह

काठमाडौं । मौसमविदले बुधबार देशको अधिकांश स्थानमा मौसम बदली भएर वर्षा हुने जनाएका छन् । साथै बङ्गालको खाडीमा बन्ने न्यूनचापीय रेखाका कारण केही ठाउँमा भारी वर्षा हुन सक्ने बताएका छन् ।

मौसमविद् विनोद पोखरेलका अनुसार बुधबार रातिदेखि बंगलको खाडीमा बन्न लागेको न्यूनचापीय वायुको असरले गर्दा नेपालको लुम्बिनी देखि पूर्वसम्म धेरै ठाउँमा भारी वर्षाको सम्भावना देखिएको बताए ।

‘२ वोटा मोडलले अलि फरक देखाएकोले अहिले नै कुन भेगमा भरि वर्षा हुन्छ भन्न कठिन छ तर मधेश र कोशी प्रदेशका केहि स्थानमा भरि देखि भिषण वर्षा हुन सक्छ है। तेसैले सचेत रहनु होला’ उनले भनेका छन् ।

मौसम पुर्वानुमान महाशाखाले भने आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...