चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध

काठमाडौं । चलचित्र ‘मिरमिरेमा दयाहाङ राई अनुबन्ध भएका छन् ।निर्देशक यम शेर्पाले ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएको बताए।
चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा यो चलचित्र बन्न लागेको हो। शेर्पाले २०८२ भित्रै रिलिज गर्नेगरी थिम पोस्टर सार्वजनिक गर्दै यो जानकारी दिएका हुन् ।
“हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,” निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।’ चलचित्र ‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । यद्यपि अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो ।
चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंको रहनेछ ।निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।

