डा.शेखरमाथी स्पष्टीकरण अमान्य !

काठमाडौं । नेपाली कांग्रेसले नेता डा.शेखर कोइरालासँगै सांसदहरु सुनिल शर्मा र राजेन्द्र बजगाइलाई स्पष्टीकरण सोध्ने चर्चा बाहिर आएपछि काँग्रेसकै केही नेताकार्यकर्ताले त्यसको प्रतिवाद गरेका छन् ।

उनिहरुले सामाजिक संजालमा लेखेका छन् -‘कांग्रेस तानाशाही पार्टि होइन्, यहाँ नैतिकताको प्रश्न उठाउन पाइन्छ, वोल्न पाइन्छ ।’

त्यसैगरी शेखर कोइरालालाई महानायक भन्दै अगाडि लेखिएको छ-‘जनताका पक्षमा आवाज मुखरित गर्दै आउनुभएका नेपाली काँग्रेसको रुपान्तरण र सुद्धिकरण अभियानका माहानायक वरिष्ठ नेता डा. शेखर कोइरालामाथि पदाधिकारि वैठकमा एकजना नेताले स्पस्टिकरण सोध्नुपर्ने प्रसंग उठाउनु हास्यास्प र गैरलोकतान्त्रिक छ।’

शुसासन, दण्डहिनता र भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर जनताका पक्षमा आवाज उठाउदै नेपाली काँग्रेस पार्टीलाई सहि दिशामा अगाडि वढाउन निरन्तर समर्पित रहनु भएका वरिष्ठ नेता डा.शेखर कोइराला र उनक सच्चा सारथि जनप्रिय नेताहरु संघिय सांसद डा.सुनिल शर्मा र राजेन्द्र वजगाईले नैतिकताको प्रश्न उठाउदा नियोजित रुपले उहाँहरुलाई स्पस्टिकरण सोध्ने, कार्वाहि गर्ने विषय पदाधिकारि वैठकमा ल्याउनु घोर आपत्तिजनक छ भन्दै प्रश्न समेत गरिएको छ-‘हामी कस्तो काँग्रेस वनाउन खोज्दै छौ ।
भोलि जनताका अगाडि मुख देखाउन नसकिने परिस्थिति नआओस, नैतितकताको प्रश्न उठाउदा वोल्नै हुन्न, कार्वाहि हुनुपर्छ भन्ने नेताहरुको वेलैमा वुद्धि पलाओस् ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय