गोकर्णेश्वर-५ मा जनप्रतिनिधि र स्थानीय बिच छलफल

 


काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.५ स्थित विभिन्न टोल समाजका प्रतिनिधि र जनप्रतिनिधि बीच छलफल भएको छ।
वडा अन्तर्गत रहेका सक्षम नगर टोल बिकास समाज, कैलाश टोल बिकास समाज र नव पालुवा टोल बिकास समाजले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिपककुमार रिसाल,वडा अध्यक्ष एवं नगरप्रबक्ता नारायणबहादुर सुवेदी र प्रदेश सांसद छिरिङ दोर्जे लामा लगायतले छलफल गरेका थिए।

सो अवसरमा समाजले टोलको समस्याहरुको वारेमा बागमती प्रदेश सभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति रहेका लामा , नगर प्रमुख रिसाल,वडा अध्यक्ष सुवेदी सहित वडा सदस्यहरुसंग छलफल गरि समस्या पहिचान र समाधानका उपायहरू खोजी गरेको हो।
लिम्पिया स्कुलको सभाहलमा भएको कार्यक्रम तिनै टोलका प्रतिनिधि प्रमुखका रुपमा रहेका अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।
छलफल कार्यक्रममा उठेका समस्याको प्रश्नहरुलाई सम्बोधन गर्दै नगर प्रमुख र वडा अध्यक्षले यसरी नै टोलहरुले जानकारी गराउदा र आफुहरुको नजरमा पर्दा सम्म नगर र वडाबाट हुने बिकासको काममा कुनै कसर बाँकी नराख्ने वचनवद्धता व्यक्त गरेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय