गाैड किथ् कि ड्युस्(ट)चर राष्ट्रपति लिने अमेरिकाले ?

मनोज कुमार कर्ण

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प अचेल भारत र पाकिस्तानबीच शैन्य तनाव बढेकाे मुद्दामा र यस अघि पनि रेसिप्राेकल ट्यारिफ विभिन्न देशमाथि लगाउँदा, एमसिसिका दुई पक्षीय सम्झाैता विभिन्न देशमा गरेर अचानक पछाडी हट्ने निर्णय गर्दालगायत केही वर्ष अघि सन् २०२० मै त्यहाँ राष्ट्रपतिय निर्वाचनमा अमेरिकी संसदमाथि नै आफू पुन: राष्ट्रपतिमा आउनुपर्छ भनेर समर्थकहरूद्वारा धावा बाेल्न लगाउनुले चर्चामा छन् ।

हुनत उनका चर्चामा रह्ने कारण धेरै छन्, जस्तै एकभन्दा बढी विवाह गर्ने, महिला साथीकाे इच्छाविपरीत सम्बन्ध राख्ने, आफ्ना समकक्षी निवर्तमान राष्ट्रपति जाे बाईडेनप्रति अपशब्द बाेल्ने, अमेरीका प्रथम नीति अनुसार अमेरीकाबाट अन्य देशका नागरिकलाई अपराधी सरह व्यवहार गरि लखेट्नु, हार्वडलगायत विश्वविद्यालयहरूकाे बजेट कटाैति गरिदिई विदेशी विद्यार्थीलाई लखेट्नु आदि ।

सन् २०२४ काे राष्ट्रपतिय निर्वाचनकाे क्रममा एक दिन उनीमाथि भाषणकै क्रममा ज्यानलेवा हमला पनि भएकाे थियाे । याे लेख भने उनै राष्ट्रपति डाेनाल्ड ट्रम्पका व्यापारीक, अविश्वसनीय व्यवहारले कसरी लाेकतान्त्रिक, सनातन हिन्दूकाे धराेहर देशसँग सम्बन्ध खराब हुनगई उल्टाे आतंकवादीकाे अखडा खडा गरेकाे भनी संयुक्त राष्ट्र संघ, अमेरीका आफैंलगायत धेरै देशले पाकिस्तानलाई चित्रित गरिसकेकाे देशसँग केवल हथियार बेच्नलाई सम्बन्ध घनिष्ठ बनाउन खाेज्दा अमेरीकाकै नीति आतंकवाद र धार्मीक कट्टरताकाे समाप्तिकाे अभियान कसरी मजाक बन्न पुगेकाे हाे, त्यसमा आधारित छ ।

भारत-पाक शैन्य तनावमा ट्रम्पकाे झुक्याई

गत अप्रिल २२ सन् २०२५ मा जम्मू-कश्मिरकाे (भारत) काे पहलगाम पर्यटकीय स्थलमा कपिलवस्तुका सुदिप न्याैपाने एक निर्दाेष नेपाली छाेराेसहित २६ जना सनातन र क्रिश्चियन धर्मावलम्बीकाे पाकिस्तानी सेनाका अध्यक्ष याशिर मुनिरकाे जेहादी उन्मादी भाषणबाट उग्रभएका आतंकवादीहरूले धर्म साेधी-साेधी, लुगा फुकाल्न लगाएर शरीर चेक गरेर हत्या गरेका थिए । वास्तवमा भारतबाट पाकिस्तान टुक्रिने क्रममा माेहम्मद अलि जिन्नाकाे टु-थ्याेरी नेशन अनुसार नै मुस्लिमकाे लागि पाकिस्तान जन्मेकाे तसर्थ … भाषणलाई पाक सेनाध्यक्ष (जिहादी सेनाध्यक्ष ?) मुनिरले पुन: शैन्य मुख्यालयमै आफ्नाे सकिन लागेकाे कार्यकाल बढाउन भारतसित तनाव जानीजानी बढाउनलाई दाेहाेर्याउँदा यस पालि ती आतंकवादीहरूले भारतमा लगतै हत्या ती यात्रुहरूलाई गरेका थिए ।

अप्रिल २२ तारिखकाे पाक समर्थित आतंकवादीहमाथि कार्वाही स्वरूप सम्भावित शैन्य अपरेशनकाे नाम “अपरेशन सिन्दूर” स्वयं प्रम नरेन्द्र माेदीले दिएर केही दिनकाे आन्तरीक र बाह्य तयारीपछि पाकिस्तानस्थित विभिन्न आतंकवादी अखडामाथि पहलगाम हमलाकाे प्रत्याक्रमण मई ७ तारिखमा गरेकाे थियाे । केवल ३-४ दिनमा पाकिस्तानका विभिन्न एयर बेसहरू, आतंकी अखडाहरू, लाैञ्चिङ्ग प्याड्हरू, टर्कीद्वारा पाकलाई दिईएका ड्राेनहरूसहित दुई पायलट, धेरै आतंकवादी तथा पाक सेनाहरू भारतद्वार धव्स्त पारिएका तथा मारिएका थिए । साे क्रममा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले पहिला “भारत र पाकिस्तान हजार वर्ष अघिदेखि लडिरहेका र अब शर्मनाक युद्ध बन्द गर” भनी अज्ञानता र गैह्रकूटनीतिक भाषा प्रयाेग गरेका थिए !

भारतबाट पाकिस्तानकाे जन्म नै सन् १९४७ मा भएकाे हाे अनि जम्मू-कश्मिरकाे मुद्दा भयाे भने एक हजार वर्ष कहाँबाट आयाे ? दाेस्राे, कुरा स्वयं अरूकाे देशमा आतंकवाद नसह्ने भनी अमेरीकाले पसेर शैन्य आक्रमण गर्नेले भारतले आफ्ना नागरिककाे हत्यारालाई दण्डदिंदा “शर्मनाक युद्ध” कसरी भयाे ? के भारतले पाक सेनामाथि र सिभिलियनमाथि आक्रमण गरेकाे हाे ? के भारत-पाकबीच भारतकाे कँग्रेस सरकारले गरेकाे सम्झाैता अनुसार भारतीय सरकारले पाक डिजिएमओलाई खबर गरेकाे थिएन र ?

मात्र ३-४ दिनकाे भारतीय कार्वाहीपछि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अचानक एक्समा “लगातारकाे आग्रहपछि भारत र पाकिस्तानबीचकाे युद्ध विराम हुने भयाे, बधाई दुवैलाई” अनि पछि “तिमिहरू युद्ध छाेडेर एउटै टुबुलमा डिन्नर खाउ” जस्ता उपदेश दिनेसम्मका कुराहरू एकतर्फी लेख्दा भारतका नरेन्द्र माेदीकाे सरकारले पूर्णरूपमा ट्रम्पकाे “मध्यस्थता” चाहे युद्ध राेकाएकामा वा जम्म-कश्मिरकाे मुद्दाबाट अस्विकार गरि मध्यस्थताकाे ढाेकापनि बन्द गरिदिएकाे छ । हाे, यहींबाट ट्रम्पले आफ्नै बड्बाेललाई “मध्यस्थता” नभई कुराकानी गरेर तनाव राेक्न भनेकाे थिएं भनी रीस स्वरूप अब एप्पल फाेन अमेरीकामै भारतले बनाउ नत्र २५ प्रतिशत ट्याक्स देउ वा, भारतलाई बिझाउने गरि पाकसँग नजिकि बढाईरहेकाे देखिन्छ । वास्तवमा माेदी सरकारले ट्रम्पकाे “मध्यस्थता” र पाकसँग उसकाे नजिकिकरणले गर्दा अमेरीकाबाट भारतले किन्ने भनिएकाे सयाैं युद्ध सामाग्री र हथियार अर्डर क्यान्सिल गरेर अन्य देशबाट किन्ने जनाउ दिएपछि न केवल आम अमेरिकीले ट्रम्पकाे उट्पट्टाङ्ग व्यवहारबाट भारत टाढिने चिन्तामा डुबेका छन्, अपितु स्वयं ट्रम्प अब विभिन्न ट्रयाक्स बढाउने नाममा “रैन्डम फायर” गरेर स्वयंपनि अति विचलित भएकाे संकेत दिईरहेका छन् ।

ब्रैडब्युरीका राष्ट्रपतिमा काे असल ?

सायन्स फिक्शन विधाका एकजना चर्चित कथाकार रे ब्रैडब्युरीकाे नाम चलेकाे एउटा निबन्ध-कथा “अ साउण्ड अफ् थण्डर” छ, जसमा उनले विश्वमा हामी आम मानिसदेखि शक्तिशाली देशका नेतासम्मले कसरी बगैँचा-जंगलदेखि युद्धसम्म गरेर वैश्विक वातावरण, शान्ति, ईकाेसिस्टम आदि बिगारिरहेका छन् लेखिएकाे छ ।

वातावरणकाे बृहत् परिभाषा-आयामलाई छाेईएकाे उक्त कथामा उनले अमेरिकी जनतासँग साेधेका छन् कि मानाैं तिम्रा अगाडि गाैड किथ् जस्ता राष्ट्रपतिका उम्मेद्वार छन् जाे क्राईस्ट (धर्ममा विश्वास गर्ने), टेबुल टाैकमा विश्वास गर्ने, युद्ध टारेर विकासमा लाग्ने, झूट नबाेल्ने, सबैलाई मिलाएर लाने गुणभएका छन् र यी गुणका विपरीत अर्काे उम्मेद्वार ड्युस्चर छन् अर्थात्, उनी एन्टी-क्राईस्ट (धर्म नमान्ने नास्तिक), शान्तिभन्दा युद्ध चाह्ने, टेबुल टाैकमा विश्वास नगर्ने आदि, अब अमेरीकासहित विश्वकाे प्रगतिकाे लागि कसलाई तिमी भाेट हालेर राष्ट्रपति चुन्छाै ?

लेखक ब्रैडब्युरी त केही वर्ष अघि संसारबाट विदा भईसके तर उनी शायद डाेनाल्ड ट्रम्प जस्तै गैह्रराजनैतिक, कूटनीतिक र अन्य ज्ञान शून्य तर व्यापारिक चश्माले क्षणिकरूपमा कसैलाई मित्र बनाउने वा मित्रकाे लिस्टबाट हटाउने मान्छेलाई नै ध्यानमा राखेर अमेरीका र बाँकी विश्वकाे शान्ति तथा विकास अगाडि सधैं निर्वाध चलिरहुन् भन्ने साेचेर याे कथा लेखेकाे हुनुपर्छ । हामीले भित्रि आत्माले ब्रैडब्युरीलाई धन्यवाद दिनुपर्छ !

अमेरिकाकाे भारत र पाकसँग सम्बन्ध

वर्तमान राष्ट्रपति डाेनाल्ड ट्रम्प स्वयं सन् २०१६ मा पहिलाे चाेटी चुनावमा भागलिंदा “आई लाईक हिन्डु, आई लाईक माेडी” अर्थात्, “मलाई हिन्दु र माेदी मनपर्छ” भनेर अमेरीकामा रहेका भारतीय निर्णायक ठूलाे मतदाता संख्यालाई आफ्नाेतिर तानेका थिए । बीचमा सन् २०२०-२०२४ काे कार्यकालमा डेमाेक्रेट राष्ट्रपति जाे बाईडेनसँग भारतीय प्रम माेदीकाे पूर्ण समर्थन र सहयाेग भारतले प्राप्त गर्ने सम्बन्ध नरहेपनि साैहार्द्रपूर्ण नै रह्याे । पछि पुन: आशा गरिएकै मान्छे ट्रम्प र तीनै सनातन धर्म र माेदीकाे प्रशंसामा सन् २०२४ मा दाेस्राे कार्यकालका लागि राष्ट्रपति बन्दा अचानक ट्रम्प कसरी आतंकवादीलाई विश्वमा सप्लाई गर्ने देश तथा अमेरिकाकाे प्रतिस्पर्धी चीनकाे मित्र पाकिस्तानलाई भारतविरूद्ध मलजल गर्नेमा परिणत भए ? ट्रम्पकाे बदलावकाे कारणमा त्यहि पहिला “मैं युद्ध अन्त्य गराईदिएं” बाेल्दा भारतले अस्विकार गर्दा भएकाे अपमान हाे कि अन्य केही ?

वास्तवमा ट्रम्प एक राजनैतिक व्यक्ति कम, कूटनैतिक व्यवहार शून्य तर व्यापारिक बुद्धि तेज भएका मान्छे हुन्। उनी “अमेरीका प्रथम” भन्ने थिममा काम गर्छन्, व्यापार गर्छन्, एलन मस्कलाई व्यापारिक गुरु बनाएका छन् । जहाँ मित्रता, लाज, झूठ-साँच, धर्म आदिभन्दा पनि व्यापारिक लाभ प्राथमिकतामा पर्छ । हाल माेदी सरकारले ट्रम्पकाे कश्मिर मुद्दामाथिकाे चालाखीपूर्ण कदम “मध्यस्थता” काे प्रपाेजल ठुकराएर अमेरीकाबाट खरिद गरिने ड्राेन, मिस्साईल आदिहरू अब अन्य देशबाट खरिद गर्ने भनेकाेमा ट्रम्पले असली व्यापारिक चेहरा देखाएर पाकिस्तानकाे बजार आफ्नाे हथियार बेच्नलाई राेजेका छन् ।

याे बडाे विडम्बनापूर्ण कुरा हाे कि जुन अमेरीकाले विगतमा सन् १९६० र ७० काे दशकमा पनि भारतसँगकाे युद्धमा पाकिस्तानलाई फाईटर प्लेन पठायाे, हालपनि एफ-१६ जहाज दिएकाे हाे, त्यहि पाकिस्तानले अमेरिकी सयाैं नागरिकलाई ट्विन् टावरमा जहाज ठाेक्काएर हत्या गरेका ओसामा बिन लादेनलाई एट्टाेबावादमा शैन्य अफिसनेर नै लुक्ने ठाउँ दिएकाेमा पूर्व राष्ट्रपति बाराम ओबामाकाे प्रशासनले मारेकाे थियाे ।

त्यतिमात्र हैन कि अमेरिकी पत्रकार डैनियल पर्ललाई अफ्गानी आतंकवादीले पाकिस्तानकै धर्तीबाट उठाएर लगेर हत्या गरेका थिए ! यस्ता कयाैं घाउ, अपमान, धाेखाधडी, पीठ्यूंमा छुरा घाेप्ने कार्य पाकिस्तानी सरकार र सेनाबाट आतंकवादीलाई सपाेर्टगरी स्वयं अमेरीका, भारत र अन्य विश्वलाई विगत दशकाैंदेखि दिईरहँदापनि आज भारत र पाककाे द्वन्द्वमा यदि अमेरीकाकाे ट्रम्प प्रशासन केवल हथियार बेच्नलाई सबै शान्तिकाे प्रयास, आतंकवाद समाप्तपार्ने अमेरिकी र ट्रम्प स्वयंकै विभिन्न प्रतिबद्धताहरू आदिलाई तिलाञ्जलि दिन्छन् भने भन्नैपर्छ कि लेखक ब्रैडब्युरीका “ड्युस्चर” डाेनाल्ड ट्रम्प नै हुन् र, अमेरिकी जनताले गलत मान्छेकाे हाथमा सत्ता सुम्पिदिएका छन् ।

वास्तवमा, अमेरीका जस्ताे शक्तिशाली लाेकतान्त्रिक देशले व्यापार नीजि लाभलाई अर्काे पाटाेबाट हेरेर प्रथमत: विश्वमा लाेकतान्त्रिक शक्तिलाई एकबद्ब, मजबूत बनाई कुनैपनि प्रकारका आतंकवादप्रति शून्य सहनशीलता अपनाई विश्वकाे नेतृत्व दिनुपर्छ ।

(लेखक ललितपुरको पाटनढाेकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...