नेपालमा कहिले आउँछ मनसुन ?

काठमाडौं । केही दिनदेखि सातवटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज पनि बिहानैदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । दिउँसो पनि पानी पर्ने देखिएको छ।

मनसुन भित्रिने समय नजिँदै गर्दा पानी पर्नेक्रम पनि बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन बंगालको खाडीको उत्तर–पश्चिमका केही क्षेत्र तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रहरूमा रहेको छ ।

माल्दिभ्स, श्रीलंकालगायतका भूभागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भूभागतर्फ मनसुनअगाडि बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारत मौसम विज्ञान विभागका अनुसार आइतबार रातिदेखि मनसुन केरला आइपुग्नेछ । यसका लागि अनुकूल वातावरण बनिरहेको भारत मौसम विज्ञान विभागले बताएको छ ।

केरलामा रहेको मनसुन नेपाल आइपुग्ने सरदर समय १० देखि १२ दिन हो । नेपालमा केरला, सिक्किम हुँदै पूर्वी नेपालबाट मनसुन भित्रिन्छ ।

नेपालमा मनससुन भित्रिने औसत मिति जुन १३ हो । तर, योभन्दा अगाडि वा पछाडि पनि मनसुन भित्रिन सक्छ । यो वर्ष मनसुन औसत समयभन्दा ढिलो भित्रिने सम्भावना छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय