नेसपा (नयाँ शक्ति) गोकर्णेश्वर अध्यक्षमा कार्की

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गोकर्णेश्वर नगरपालिकाको प्रथम नगर अधिवेशन शनिबार जोरपाटीमा सम्पन्न भएको छ।

अधिवेशनले रवि कार्कीको अध्यक्षतामा २१ सदस्यीय नेसपा (नयाँ शक्ति) को नगर कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्ष कल्पना सिग्देल,सचीव तारा पुरी,सहसचिव कपिल सिंखडा र कोषाध्यक्ष रेणु बिक चयन भएको नेसपा (नयाँ शक्ति) का काठमाडौ क्षेत्र नम्बर-३ का संयोजक डा.शेखर अर्यालले जानकारी दिए।

यसैगरी गोकर्णेश्वर नगरको निर्वाचित सदस्यहरुमा उत्तम दाहाल,शर्मिला सुनार,निर्मला सुनार,निर्मला बिक,मन्जु तामाङ,साहित्य पौडेल,जगत घिमिरे,खड्ग टमटा,अशोक मगर,सिर्जना खनाल,शंकर सुनार,बिकल लामा,
पविन कार्की छन् ।

 

अधिवेशनमा बोल्दै नेसपा (नयाँ शक्ति) केन्द्रिय उपाध्यक्ष मानुषी यमी भट्टराईले आफ्नो पार्टीलाई बिचार सहितको लोकप्रिय पार्टी बनाउन सबैको साथ आवश्यक रहेको बताइन् । विकास र समृद्धिका कुरा ठुला गर्ने काम गर्दै नगर्ने र बिचार शून्यहरुको जमातले देश नबन्ने भन्दै उनले साच्चिकै जनताको लागि काम गर्ने हो भने बैकल्पिक शक्तिको झन् बढी आवश्यकता रहेको बताइन् ।
उनले बैकल्पिक भन्नेहरूले पनि अरु सबै बेठीक हामी मात्रै ठिक भनेर मात्रै नहुने र त्यसका लागि बिचार सहितको संगठन आवश्यक हुनेमा जोड दिइन् । उनले अबको राजनीतिमा होहल्ला गर्नेलाई भन्दा परिणाममुखी काम गर्नेलाई जनताले पत्याउने पनि बताइन् । ‘काङ्ग्रेस,एमाले र माओवादीको बिरोध हामीले होइन अब उनीहरुकै पार्टीमा बर्षौ दु:ख गरेकाहरुले गर्न थालिसके’,-मानुषीले भनिन् -‘यस्तै काम गर्दै गए कांग्रेस एमाले र माओवादीलाई जनताले पनि अब पत्याउने छैनन् ।’

राजनीतिको चुरो कुरो भनेकै बैचारिक रुपमा स्पष्ट र राम्रो पार्टी बनाउनु अहिलेको आवश्यकता भएको भन्दै उनले सिद्धान्त र बिचारले मात्रै पनि जनताले उठाएका प्रश्नको जवाफ दिन नसकिने र त्यसका लागि गर्व गर्न लायक संगठन सहित जनतासँग प्रत्येक्ष जोडिन आवश्यक भएको बताइन् ।

नेसपा नयाँ शक्तिका महासचिव सोनाम सिंह स्याङ्तानले निर्वाचन आयोगमा दर्ता हुँदैमा पार्टी पुर्ण हुँदैन भन्दै बैकल्पिक बिचार सहितको पार्टी आवश्यक हुने भएकोले नेसपा नयाँ शक्ति मैदानमा आएको स्पस्ट पारे।
उनले जनताले खोजेको र चाहेको जस्तो संविधान बन्न नसक्दा अझै
जनता निराश भएको भन्दै पुराना शक्तिले लोकतन्त्र र समृद्धिका कुरा बोलेको नसुहाउँने तर्क गरे ।’ठुला भनिने पार्टीहरु संघीयता,स्वाधीनता र समृद्धिका कुरा बोल्ने मात्रै हुन् त्यो बाटोमा उनीहरु छैनन्’ उनले भने-‘त्यसैले हामीले समुन्नत समाजवादको दिशामा अघि बढ्दै समाज बदल्नु छ,संघीयता जोगाउनु छ र समृद्ध नेपाल बनाउनुछ।’
काङ्ग्रेस एमाले र माओवादी नेतृत्व देशमा राजा नै आएपनी आफ्नो अधिकार नगुम्ने हो भने मान्न तयार भैसकेको भन्दै उनले अब राजाको युग होइन जनताबाट प्रत्येक्ष निर्वाचित कार्यकारीको युग भएको बताए।

कार्यक्रममा नेसपा नयाँ शक्तिका केन्द्रिय सचीव सन्देश कार्की, काठमाडौं क्षेत्र नम्बर-३ का संयोजक डा.शेखर अर्याल
काठमाडौंका सह संयोजक राजकुमार कोइराला,केन्द्रिय सदस्य मानबहादुर लामा,अमृत पुरी,मन्जु तामाङ,रामकुमार पुरी लगायतले निर्वाचित गोकर्णेश्वर नगर कार्यसमितिलाई बधाई सहित आफ्ना धारणा राखेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय