खराब मौसम र हिमपहिरोले कामीरीताको आरोहण प्रभावित

काठमाडौं । ३१ औं पटक सगरमाथा आरोहणमा निस्किएका ‘हिउँचितुवा’ नामले परिचीत आरोही कामीरिता शेर्पा एक्कासि खराव मौसमले गर्दा बाटो मै रोकिएका छन् ।

कामिरिताको आरोहण स्थगित भएपनी उनी अझै क्याम्प-२ मा बसेर आफ्नै रेकर्ड ब्रेकगर्न प्रयासरत छन् । उनको खबर सामाजिक संजालमा साझा गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लेखेका छन्,-‘खराब मौसमले किर्तिमानी आरोही कामिरिता शेर्पालाई छोडेन, हामीलाई छोड्ने कुरा भएन !’

महामन्त्री शर्मा आफैं पनि यसपटकको आरोही मध्यका हुन् । सगरमाथाको पहिलो आधारशिविरबाट फर्किने योजना बनाउदा बनाउदै शर्मा त्यो भन्दा धेरै माथी पुगेका थिए। उनी तेस्रो आधारशिविरबाट माथी जान नसकेपछि भने अलमल गरिरहेका छन् । अहिले कामिरिता र शर्मा सहित सबै आरोही क्याम्प-२ मा छन् ।

खराब मौसमले गर्दा केही स्टेप तल झरेका शर्माले क्याम्प-४ बाट फर्केका कामिरितालाई भेटेपछि लेखेका छन् ।’ हामी क्याम्प-३ को करेसाबाट ओह्रालो फर्किएर क्याम्प-२ पुगेपछि पो थाहा पायौं कामिरिता दाइ क्याम्प-४ बाट हस्याङ फस्यांङ गर्दै तल झर्दै हुनुहुँदाे रहेछ । आदरणीय कामिरिता दाइ ३० पटक आरोहण गरिसकेको आफ्नै रेकर्ड तोड्न जाँदै हुनुन्थ्यो । तर हावाहुरी, हिम पहिरो आदिका सामु कसको के लागोस् । यद्यपि म जस्ता नौला यात्रीहरु फर्किएपनी म विश्वस्त छु – यी हिउँ चितुवा दाजुले मौसमलाई छक्याएर नै पनि ३० पटकको रेकर्ड तोडेर ३१ औं आरोहणको खबर जरुर दिनुहुनेछ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय