रवि लामिछानेलाई छाड्न सर्बोच्चको अस्विकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न सर्बोच्च अदालतले अस्विकार गरेको छ।

सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई पोखरा,काठमाडौं,चितवन र रुपन्देही जिल्ला अदालतले धरौटीमा छाडेपनी उच्च अदालत बुटवलले उनलाई कारागार पठाएको थियो ।हाल  उनी भैरहवा स्थित कारागारमा रहेका छन् ।

रवि पत्नी निकिता पौडेलले थुनामुक्त गर्न माग गर्दै सर्बोच्चमा बन्दी प्रत्यक्षिकरणको निवेदन दर्ता गराएकी थिइन् । उनको निवेदनमाथी शुक्रबार राती आदेश सुनाउदै सर्बोच्चले उच्चकै फैसला सदर गरेको हो।

पटकपटक हेर्न नमिल्ने,हेर्न नभ्याइने र हेर्दाहेर्दैमा परेको रवि लामिछानेको मुद्दा  आज भने न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालले टुंगोमा पुर्‍याएका हुन् । रवि छुट्ने हल्ला दिनैभर फैलिएको थियो ।

यद्यपि न्यायाधीशद्वयले आदेश लेख्दै गर्दा समेत रास्वपा नेताकार्यकर्ताले फेसबुकभरी रवि छुट्ने खबर फैलाइरहेका थिए। रविको आदेश आउनुअघी सर्बोच्च परिसरमा रवि पत्नी निकिता पौडेल सहित रास्वपा नेता र बाहिर कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो।

अदालत परिसरमा सञ्चारकर्मी र सुरक्षाकर्मीको पनि बाक्लाे उपस्थिति थियो ।

यस्तो छ ६ पेज लामो आदेश

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय