नारायणगढ-बुटवल ८३ प्रतिशत पिच

काठमाडौं । पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बिस्तार र कालोपत्रे भैरहेको नारायणघाट-बुटवल सडकको कुल ८३ प्रतिशत खण्ड कालोपत्रे सकिएको छ।

यो सडकको कुल लम्बाई ११३.५३ कि.मि.रहेकोमा सडक अन्तर्गत पर्ने पुलहरुले ओगटेको भागको कुल लम्बाई ३.०७ कि.मि. रहेको छ। पुल बाहेक कालोपत्रे गर्नुपर्ने कुल लम्बाई ११०.४६ कि.मि. मध्य हालसम्म एकातर्फ सम्पन्न कालोपत्रे सडकको लम्बाई ९०.८७ कि.मि. रहेको आयोजनाले दाबी गरेको छ ।

यसरी हेर्दा कुल ११३.३५ कि. मि. मध्ये हाल ९३.९४ कि. मि. अर्थात कुल लम्बाईको झण्डै ८३ प्रतिशत भाग पक्की सडकमा यात्रा गर्न पाइनेछ। यद्यपि सडकको सबैभन्दा जटिल र जोखिम दाउन्ने खण्ड भने पिच भएको छैन। बाँकी रहेको अधिकांस भाग दाउन्ने क्षेत्रमा रहेको छ। दाउन्नेमा हाल कल्भर्ट निर्माणको कार्य अन्तिम चरणमा रहेको छ भने ढलान सडक (Rigid Pavement) को कार्य समानान्तर रुपमा जारी रहेको छ।

कालोपत्रे भएको खण्ड ८३ प्रतिशत भएपनी हालसम्मको भौतिक प्रगति भने ६६.५० प्रतिशत मात्रै रहेको बुझिएको छ। पिच,पुल,लाइनिङ लगायत कतिपय ठाउँमा बार लमाउन पनि बाकी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय