बाबुराम दिमाग नभएको डाक्टर हुन् :प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्व सहकर्मी डा.बाबुराम भट्टराईलाई दिमागै नभएको डाक्टर भन्दै खिस्सी गरेका छन् ।
पार्टी अभियानको क्रममा रुकुम पुगेका उनले बाबुरामले मार्क्सवाद पनि नमान्ने र कम्युनिस्ट पनि होइन भनेपछि एकता गर्न नसकिएको समेत बताए। ‘हामीले एकता गर्ने भनेर म गोरखामा चुनाव लड्न जादा नै भनेको हो नि ! तर, बाबुराम जि हामीसँग भन्दा प्रतिक्रियावादीसँग नजिक हुनजानुभो’ उनले भने,-‘अब त प्रतिक्रियावादीले समेत नपत्याएर एक्लो हुनुभो,उहाँलाई सबैले बुद्धि बिग्रेको डाक्टर भनेर हाँसोको पात्र बनाउछन् ।’
पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले बाबुरामसँग एकता हुन नसक्ने तर, त्यहाँभित्रका सबै नेताकार्यकर्ता अब माओवादीमा ध्रुवीकृत हुँदै जाने र बाबुराम एक्लिने समेत बताए।
अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भन्दै पटकपटक आलोचना गर्दै हास्दै गरेका थिए। उनको भनाइमा संगै रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन,महासचिव देव गुरुङ र पम्फा भुषाल समेत हासिरहेका थिए।
पत्रकारहरूले बाबुराम भट्टराईसँग पार्टी एकता सम्भव छ ? भनेर प्रश्न सोध्दा जवाफमा प्रचण्डले आक्रोशित हुँदै भने, ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?’
उनले अझै अगाडि थपे,-‘गोरखाबाट लड्दा यो चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँ पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन, कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने, बाबुरामका लागि मर्ने?’
प्रचण्डले बाबुरामको पार्टी खिइदै गएको र सकिने अवस्थामा पुगेको समेत भने। उनले थपे, ‘त्यस्तोसँग के गरी एकता गर्ने? खिइँदाखिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर।’

