अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा गुरूङ

जापान । अन्तर्राष्ट्रिय नेपाली समाज जापानको दोश्रो अधिवेशन आइतबार टोकियोमा सम्पन्न भएको छ । यो नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट अन्तर्राष्ट्रिय समिति हो।
अधिवेशनले मोती गुरुङको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली समाज जापानको नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशन भौतिक तथा भर्चुअल रुपमा सम्पन्न गरिएको थियो।
अधिवेशनबाट गुरूङको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा गणेश लामिछाने,प्रकाश श्रेष्ठ र सरोज गिरी चयन भएका छन् ।
यसैगरी सचिबमा बिनोद सापकोटा र सह-सचिवहरुमा ऋषिराम ढकाल,प्रकाशसिंह ठगुन्ना र केशव प्रसाद सापकोटा तथा कोषाध्यक्षमा रमिता पोख्रेल चयन भएको समितिले जनाएको छ।
सदस्यहरुमा,प्रकाश गुरुङ,युवाराज खत्री,दिपकला श्रेष्ठ,अनिसा तमाङ,सन्तोष पौडेल,उर्मिला धमला,नेत्र थापा,वाला दुरा,सञ्जु बि.क,हेमन्त गुरुङ,मिलम मगर,हुकुम मगर,जमुना गुरुङ,निरन्जन श्रेष्ठ,सुसिल लुईटेल,एलिसा सिंखडा,भानु देवकोटा,कैलाश देवकोटा रहेका छन् ।
प्रकाश केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की केन्द्रिय सदस्य सरिता ढकाल र अतिथीमा प्रवास प्रदेश समितिका उपाध्यक्ष धनबहादुर वि.क ,संरक्षक पदम सिंह ठगुन्ना,पूर्व अध्यक्ष चण्डिका अंमगाई लगायत रहेका थिए ।

