दुई बालबालिकाको हत्या गरि आत्महत्या प्रयास

चितवन । चितवनको भरतपुरमा बुवाको धारिलो हतियारको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ।
भरतपुरका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गर्दा आफ्नै दाजुको छोरा र आफ्नी छोरीको ज्यान गएको हो। उनी आफैंले पनि आत्महत्या प्रयास गरेको बुझिएको छ।
भरतपुर महानगरपालिका-२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा सजन गिरि र आफ्नी छोरी प्रभा गिरिको हत्या गरेका हुन् ।
आक्रमणबाट गम्भीर घाइते भएका सजन र प्रभाको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गिरीले ५ वर्ष र १३ वर्षका छोराछोरीलाई धारिलो हतियार प्रहार गरेपछि आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका हुन् । उनको अहिले भरतपुर मै उपचार हुँदैछ ।

