कफि बारिस्ता तालिमको समापन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-६ बौद्धको आयोजना एवं सहयोगमा बारिस्ता कफि मेकिङ एक महिने तालीम बुधबार सम्पन्न भएको छ।
कामपा-६ बौद्ध स्थित मिराज ईन्स्टिच्युट फर भोकेसनल एजुकेसन एन्ड रिसर्चमा सुरु भएको तालिममा सहभागीलाई कामपा-६ का वडा अध्यक्ष भुवन लामा लगायत अतिथिहरुले प्रमाणपत्र वितरण गर्दै समापन गरिएको हो।
तालीम समापनका अवसरमा वडा अध्यक्ष लामाले मिराज ईन्स्टिच्युटसँगको सहकार्य जारी रहने बताए। उनले वडावासीलाई सीपसँग जोडेर स्वरोजगार बनाउने अभियान अन्तर्गत यो तालीम आयोजना गरिएको र भविस्यमा अन्य कार्यक्रम समेत गरिने बताए।
उनले तालीममा सहभागीहरुले समय र मनदेखि सिकेको र यसले राम्रो रिजल्ट दिनेमा आशावादी रहेको भन्दै एक महिना अघि तालिम उद्घाटन गर्दाकै खुशीले निरन्तरता पाएको पनि बताए।

मिराज ईन्स्टिच्युटका निर्देशक योगेश बस्ताकोटी,अध्यक्ष बबिता दुलाल, मिराज ईन्स्टिच्युटका तालिम संयोजक एवं प्रशिक्षक प्रदीप सापकोटा र मिराज ईन्स्टिच्युटका संरक्षक बिष्णु बस्ताकोटीले कार्यक्रमका प्रमुख अतिथी लामा सहित अन्य अतिथि, प्रशिक्षार्थी र वडाका प्रतिनिधिलाई धन्यवाद दिएका थिए ।
तालिममा वडा भित्रका २५ जना भन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुले समेत अवसर पाएकोमा वडा र सिक्न पाएकोमा मिराज ईन्स्टिच्युटलाई धन्यवाद दिएका थिए।

