बनेपाको छायांकन स्टुडियो बालुवाटारमा शिलान्यास !

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको शिलान्यास गरेका छन् ।

आज बालुवाटारमा आयोजित आरम्भ उद्घोष (शिलान्यास) कार्यक्रममा प्रधानमन्त्री सहित संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ,पुर्व मन्त्री गोकुल बास्कोटा,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायत उल्लेख्य चलचित्रकर्मी सहभागी थिए।

बनेपामा ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्दै ‘सिनेपा’ को बारेमा समेत बोलेका थिए ।

देशमा चलचित्र निर्माण सुरु भएको ५० बर्ष  भन्दा बढी समय हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएको भन्दै चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए । यो स्टुडियो निर्माण भएपछि इन्डोर सुटिङका धेरै काम एकैै ठाउँमा हुनेेेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय