रातिदेखि बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सोमबार दिनभर परेको पानीले रातिदेखि बिपी राजमार्ग बन्द भएको छ। त्यसैगरी नवलपरासीमा पुल भाँच्चिएपछि पुर्व-पश्चिम राजमार्ग पनि अवरुद्ध छ।

अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अहिलेसम्म राजमार्ग अवरुद्ध नै छ। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । बाढीले रोशी गाउँपालिका-१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडकमा राति पुनः थप क्षति पुर्याएको र त्यसले अवरोध हटाउन झन् सकस भएको छ।

आज बिहानदेखी प्रहरी टोली तथा स्थानीयका पहलमा एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास गरेको तर,सफल भएको छैन। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । अहिले त्यो पनि पानीले बगाएको छ। साथै प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।

उता नवलपरासी क्षेत्रको पुलको पनि विकल्प खोजेर सवारी आवागमन सुचारु गर्ने प्रयास भैरहेको छ। तर, प्रहरीले सकेसम्म बैकल्पिक मार्ग अपनाउन भनेको छ। बिहान केही गाडी काठमाडौंबाट पोखरा हुँदै बुटवल जाँदै गरेको छ। राती सयौं यात्रु अलपत्र परेपछि बैकल्पिक मार्गमा जान प्रहरीले अनुरोध गरेको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय