बौद्धमा २५६९ औँ बुद्ध जयन्ती विशेष हुने

काठमाडौ। बौद्धनाथ क्षेत्रविकास समिति,कामपा-६ बौद्धले यस वर्षको २५६९ औं बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने जानकारी दिएको छ ।

यही वैशाख २९ गते बुद्ध जयन्तीको दिन बौद्धमा विशेष पूजाका लागि धर्मगुरुहरुको सहभागिता रहने भएकाले यस अघिको नियमित बुद्धजयन्ती भन्दा विशेष र महत्त्वपूर्ण बनाइने बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिए।

समितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जयन्तीको तयारी र अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराएको छ । बुद्ध जयन्तीका लागि ७७ वटा संघ संस्थाहरू समेत सहभागी गराई मूल समारोह समिति गठन गरिएको छ ।

बुद्ध जयन्तीका अवसरमा मुख्य लामाका रूपमा निधिपति नाम्खा रिम्पोछे क्याब्जे ज्याटुल रिम्पोर्छेको उपस्थिति रहने भएकाले यो पटकको बुद्ध जयन्ती विशेष हुन लागेको समितिका अध्यक्ष लामाले बताए।

उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुने छन्। कार्यक्रमको दिन र्‍यालीले चाबहिलस्थित महांकालचौर देखि तिनचुली हुँदै बौद्ध महास्तुपा परिक्रमा गर्दै हायात चौरमा पुगेर समापन हुने छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले उक्त दिन ५ हजार भन्दा बढी बौद्ध धर्मावलम्बीहरुलाई र्‍यालीमा सहभागी गराउने तयारी रहेको बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय