क्रोनि क्यापिटालिज्मको अन्त्य कसरी ?

डा. शेखर अर्याल

२०७४ सालको वैशाख महिनामा सम्पन्न स्थानीय निर्वाचन र मंसिर महिनामा सम्पन्न आमनिर्वाचनसँगै २०७९ को स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा सहित विगतदेखि आजसम्म ७० वर्षको राजनीतिक अस्थिरताको अन्त्यसँगै जरो गाडेर बसेको क्रोनि क्यापिटालिज्मको समाधानतर्फ मुलुक अघि बढ्ने आशा भरोसामा बसेका करिब ३ करोड नेपाली जनताको मुखमा लोप्पा खुवाउँदै उही ढर्राको अस्थिर राजनीति र क्रोनि अर्थतन्त्र झन् मौलाउँदै गएको यथार्थ कसै सामु नौलो भएन ।

कुनै पनि दलका कुनै पनि प्रधानमन्त्रलाई ५ वर्ष मुलुक हाँक्ने अवसर जुरेन । आसेपासे पूँजीवाद अर्थात् क्रोनि क्यापिटालिज्म भनेको सामान्यतया बिचौलियाहरुको प्रयोग गरी व्यापारीवर्ग, तिनका परिवार र आसेपासे, कर्मचारीवर्ग, तिनका परिवार र आसेपासे अनि राजनेताहरु, तिनका परिवार र आसेपासेहरुद्वारा मिलेमतोमा गरिने अपारदर्शी लेनदेन नै आसेपासे अथवा क्रोनि क्यापिटालिज्म वा अर्थतन्त्र हो । (–डा. बाबुराम भट्टराई, अर्थ राजनीतिक विमर्श, पृ.नं. २२४–२३५)

क्रोनि क्यापिटालिज्मको जतिसक्दो चाँडो अन्त्य गर्नका निमित्त यस नेपाल सामाजवादी पार्टी (नयाँशक्ति) काठमाडौं क्षेत्र नं. ३ को संयोजकको हैसियतमा सार्वजनिक रुपमा हाललाई ७ बुँदे ज्ञापनपत्रसहित भविष्यमा यसैलाई आधार मानेर ७५३ वटै स्थानीय निकायहरुमा पनि एकैचोटि एकैदिन ज्ञापनपत्र बुझाउने गरी हाललाई अनलाइन संचारमाध्यम मार्फत गोकर्णेश्वर नगरपालिका सहित काठमाडौं क्षेत्र नम्बर-३ अन्तर्गत पर्ने स्थानीय निकायलाई खुल्ला ज्ञापनपत्र प्रस्तुत गर्दछौँ ।

यो कुरा यस क्षेत्रमा रहेका जनता वा मतदाताको मात्रै चासो होइन। हामीले देशैभरका ७५३ वटै स्थानीय सरकारका कामबारे चासो राख्नुपर्छ । आफ्नो स्थानीय सरकारले के कस्तो गरिरहेको छ ? हामीले तिरेको करको सदुपयोग वा दुरुपयोग कसरी भैरहेको छ ? जनताको अधिकारलाई कुण्ठित पारिएको छ वा दबाइएको छ कि छैन ? कस्तो नेतृत्वले सुशासन र आर्थिक समृद्धिको लागी काम गरिरहेको छ ?  यी र यस्ता थुप्रै जनचासोका मुद्दामा अब बहस हुन जरुरी छ। त्यसैले हामीले तत्काल केही बुँदामा स्पस्ट हुनका लागी स्थानीय सरकारसँग निम्न विवरण बारे चासो राखेका छौं ।

१)गोकर्णेश्वर नगरपालिका नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु र वडासदस्यहरु, यस नगरपालिका अन्तर्गत विगत २०७४ वैशाखदेखि आजसम्म भए गरेका सम्पूर्ण ठूला-साना आयोजनाहरुमा भएको खर्चहरुको सम्पूर्ण विवरण, भ्याट बील, पान बील र खुद्रा बीलसहित अडिट रिपोर्ट सार्वजनिक गरिदिनु हुन ।

२) यसै गरी २०७४ वैशाखदेखि आजसम्म भए गरेका सम्पूर्ण कर्मचारीहरुको तलब तथा भत्ता भुक्तानीसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराइदिन हुन ।

३) यसै गरी २०७४ वैशाखदेखि आजसम्म यस नगरपालिका तथा वडाहरु अन्तर्गत रहेका पेश्की तथा ऋणसम्बन्धी सम्पूर्ण विवरणहरु उपलब्ध गराइदिनु हुन ।

४) यसै गरी २०७४ वैशाखदेखि आजसम्म मेयर, उपमेयर, वडाअध्यक्षहरु र वडासदस्यहरुले गरेको सम्पूर्ण सार्वजनिक निर्णय र त्यसको कार्ययोजनासम्बन्धी सम्पूर्ण विवरणहरु उपलब्ध गराइदिनु हुन ।

५) यसै गरी २०७४ वैशाखदेखि आजसम्म सामाजिक संघसंस्था र सामाजिक समूहलगायतलाई वितरण गरिएको रकमहरु कुन शीर्षक अन्तर्गत र के प्रयोजनका लागि वितरण गरिएको हो, त्यसको सम्पूर्ण विवरणहरु उपलब्ध गराइदिनु हुन ।

६) यसै गरी २०७४ वैशाखदेखि आजसम्म स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, खेलकुद क्षेत्र, शिक्षा क्षेत्रलगायतमा भए गरेका सम्पूर्ण लगानी तथा खर्चहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराइदिनु हुन ।

७) यसै गरी २०७४ वैशाखदेखि आजसम्म मेयर, उपमेयर, वडाअध्यक्षहरु र वडासदस्यहरुले गरेका विदेश तथा स्वदेश भ्रमण अन्तर्गत भएका खर्चहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराइदिनु हुन ।

डा. अर्याल नेपाल समाजवादी पार्टी (नयाँशक्ति)काठमाडौं क्षेत्र नं. ३ का संयोजक हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय