नीति तथा कार्यक्रमबारे बाबुराम : पास अंक मात्र आयो, फर्स्ट डिभिजन पनि आएन

१९ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम सबैलाई खुसी पार्नेगरी आएको र त्यो सम्भव नभएको टिप्पणी गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भट्टराईले सुशासनलाई प्राथमिकता दिनुपर्ने भए पनि त्यसरी नआएको उल्लेख गरे।

नीति तथा कार्यक्रममा सरकारले गुणात्मक परिवर्तनको मौका गुमाएको समेत उनले बताए । ‘समग्रमा भन्नुपर्दा यो पास अंक मात्र आयो, फर्स्ट डिभिजन पनि भन्न सकिएन’ उनले भने ।

त्यस्तै सुशासन कायम गर्ने अंगहरुलाई समेत बलियो बनाउँछौँ भन्न नसकेको टिप्पणी गरे। ‘अर्थतन्त्र र सुशासनको क्षेत्रमा प्राथमिकता दिनुपर्ने हो,’ उनले भने, ‘सुशासन कायम गर्ने अंगहरुलाई बलियो बनाउँछौं सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो। त्यो भन्न सकेको छैन।’

उनले जेनजी र स्टार्टअपको विषय आए पनि बजेटमा त्यसलाई कसरी सम्बोधन गरिनेछ भनेर हेर्न बाँकी रहेको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय