टिकापुर प्रकरणमै रेशम पक्राउ परेको पुष्टि !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी २०७२ को टिकापुर हत्याकाण्ड प्रकरण मै बाँकी कैद भुक्तानका लागि पक्राउ परेको खुलेको छ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका बेला पक्राउ परेका रेशमलाई डिल्लीबजार कारागार पुर्‍याइएको छ। उनी पक्राउ परेपछि पार्टी एकता कार्यक्रम समेत स्थगित भएको छ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मैले जन्मकैद सजाय तोकेका छन्।

तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका थिए। यद्यपि त्यसको चर्को बिरोध भैरहेको थियो।
चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। कडायत टीकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन्।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय