रेशम चौधरी पक्राउ


काठमाडौं । पार्टी एकताका लागि प्रज्ञा भवन पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

उनलाई कार्यक्रम स्थल पुग्ने बित्तिकै सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । चौधरीलाई सिधै डिल्लीबजार लगिएको छ। यद्यपि कारण खुलाइएको छैन।

२०७२ सालको टिकापुर हत्याकाण्डमा जेल परेका चौधरी राष्ट्रपतिबाट आम माफी पाएर छुटेका थिए। आज जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बीच पार्टी एकता घोषणा हुँदै थियो। सोही कार्यक्रमका लागि पुगेका चौधरी पुग्ने बित्तिकै पक्राउ परे।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय