राप्रपा नेपालको प्रदर्शन,राजावादी ४ नेता एकैठाउँ


काठमाडौं । राप्रपा नेपालले आज वैशाख १५ गते काठमाडौंको शान्तिबाटिकामा प्रदर्शन गर्ने भएको छ।यसअघि भृकुटीमण्डपमा प्रदर्शन गर्ने भनिएपनी अन्तिम समयमा स्थान परिवर्तन गरिएको हो।

कमल थापा नेतृत्वको राप्रपा नेपाल ले विज्ञप्ति जारी गरी कार्यक्रम रत्नपार्कको शान्तिवाटिकामा दिउँसो १:३० बजे गर्ने जानकारी गराएको छ। यो कार्यक्रममा पुर्व राजावादी ४ नेताहरू एउटै मंचमा देखिने भनिएको छ। कमल थापा,राजेन्द्र लिङ्देन,नवराज सुवेदी र केशरबहादुर बिष्ट एउटै मंचमा रहने राप्रपा नेपालले जनाएको छ।

यसअघि एउटै उदेश्य भए पनि यी नेताहरू एकैठाउमा जुटेका थिएनन् । केशरबहादुर बिष्टले राष्ट्रिय शक्ति,लिङ्देनले राप्रपा,कमल थापाले राप्रपा नेपाल र सुवेदीले जनआन्दोलन समितिको नेतृत्व गर्छन् । सबैले राजसंस्था र हिन्दुराज्यको वकालत गरेपनी एक ठाउँमा भने देखिएका छैनन् ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत रिहा गरिनुपर्ने मागसहित राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो।

मिश्रसँगै पक्राउ गरिएका राप्रपाका महामन्त्री धवल शमशेर राणा भने गत आइतबार उपचारका लागि भनेर हाजिरी जमानीमा रिहा भइसकेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय