शेखर कोइरालाले गरे कस्मिर घटनाको निन्दा


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अप्रिल २२ मा भारतको कश्मीर स्थित पाहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा गरेका छन्।

निर्दोष सर्वसाधारणमाथि लक्षित गरि भएको  नरसंहारप्रति दुःख व्यक्त गर्दै डा. कोइरालाले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

डा.शेखरले भनेका छन् -‘यो शोक र पीडाको घडीमा हामी भारत र त्यहाँका जनतासँग ऐक्यबद्धता प्रकट गर्छौं। साथै, हमलामा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारप्रति समेत समवेदना प्रकट गर्दछौं।’

डा. कोइरालाले उक्त आतंकी हमलामा संलग्न दोषीहरुलाई कडा कानुनी कारवाही गर्न आग्रह गर्दै आतंकवादलाई कुनै हालतमा स्वीकार्न नसकिने र आतंकवाद जहाँसुकै, जसले जुन उद्देश्यले गरे पनि निन्दनीय हुने स्पष्ट पारेका छन् ।

उनले दक्षिण एसिया दशकौँदेखि आतंकवादको सबैभन्दा ठूलो शिकार भएको उल्लेख गर्दै सीमा पारका आतंककारी गतिविधिले क्षेत्रीय शान्ति, सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताएका छन्। ‘आतंकवादले दक्षिण एसियाको वास्तविक सम्भावनालाई लामो समयदेखि थिचिरहेको छ,’ उनले लेखेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय