पौडेल र लेखकलाई दायाँबायाँ राखेर ओली-देउवा २ घन्टा वार्ता

काठमाडौं । प्रतिपक्षीले सरकार परिवर्तनको हल्ला चलाएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटबार्ता भएको छ।

शनिबार राति ७:३० देखि ९:४० सम्म दुई नेताबीच भएको भेटबार्ताको साक्षी अर्थमन्त्री बिष्णु पौडेल र गृहमन्त्री रमेश लेखक थिए। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्ना दुई विश्वास पात्र सहित भएको भेटर्वार्ता सरकार ढल्दैन भन्ने नयाँ सन्देश दिनका लागी थियो। बार्तापछि बिष्णु पौडेलले त्यही प्रतिक्रिया दिए-‘सरकार परिवर्तनको हल्ला मात्रै हो,सरकार ढल्दैन।’

नेकपा माओवादी केन्द्र सहित केही प्रतीपक्षी दलका नेताले सरकार परिवर्तनको हल्ला चलारहेको भन्दै दुई नेता भेटेरै क्लियर कुरा गर्न चाहन्थे। स्रोतका अनुसार देउवाले ओलीलाई नै निरन्तरता दिन्छन् भन्ने विश्वास भएपनी पछिल्लो समय ओलीको बोलीले कुरा बिग्रन थालेको थियो। भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जानकारी दिए।

प्रधानमन्त्री ओली र सभापति देउवाविच संसदको बजेट अधिवेशन, आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल भएको थियो ।

सभापति देउवा थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका थिए । शुक्रबार थाइल्यान्डबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका थिए ।यद्यपि नेपाली कांग्रेस भित्र गठबन्धनको बिषयमा कुरा भने उठ्ने गरेको छ। पछिल्लो समय दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सरकारको आलोचक बनेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय