नेपाली क्रिकेट टिमसँग काम गर्न उत्साहित प्रशिक्षक ल

काठमाडौं । नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपाली क्रिकेट टोलीको प्रशिक्षण सम्हाल्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षक लले नेपाली टोलीमा युवा प्रतिभाहरू रहेकाले आफू प्रभावित भएको उल्लेख गरे ।

उनले नेपालमा क्रिकेटप्रति भएको लगाव विश्वमै उत्कृष्टमध्येको एक रहेको उल्लेख गरे ।

त्यस्तै उनले आफू हार्न नजानेको बताउँदै मुख्य लक्ष्य नेपाललाई विश्वकपमा पुर्‍याउनु रहेको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय