सरकार-शिक्षक बार्ता सकियो, कुरा मिलेन

काठमाडौं । आन्दोलनमा रहेका शिक्षक महासंघका पदाधिकारी सहितको बार्ताटोलि र सरकार बीचको पहिलो बार्ता सकिएको छ।

केही बिषयमा सहमति नजिक पुगेपनी केही कुरामा भने शिक्षकले अडान कायम राख्दा बार्ता टुंगोमा भने पुग्न सकेन। अर्को बार्ता छिट्टै बस्नेगरी अहिले बार्ताटोली बाहिरिएछ। सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिस्कर्ष टुंगिएपछि विद्यार्थीको भविस्यमा झन् अन्यौलता थपिएको छ ।

शनिबार बिहानै सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बार्ता भएको थियो। शुक्रबार हुने भनिएको बार्ता बिनाकारण स्थगित भएपछि आज बसेको हो। आज पनि बार्ता बिनानिस्कर्ष टुंगिएको छ।

यद्यपि सरकारसँग छलफल र सम्वादलाई निरन्तरता दिने तर, आन्दोलन पनि जारी रहने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि फेरि बस्ने सम्बाद गर्ने निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन ।’

वार्तामा शिक्षक महासंघले आफना मागहरु शिक्षामन्त्री रघुजी पन्त समक्ष राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठाेस सहमति हुन नसकेको बुझिएको छ । मन्त्री पन्तले शिक्षकहरुले उठाएकाे माग सुनिसकेपछि आफूले सबै मागहरु पूरा गर्न सक्दाे काेशिस गर्ने बताए । तर,उनले शिक्षक आन्दोलनलाई कुनै गम्भीर बिषय नठानेको र चिन्ता पनि लिएको जस्तो नपाइएको एक शिक्षकले बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय