बोलेरो र ट्याक्टर दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङ र कालिकोटमा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। ताप्लेजुङमा बोलेरो र कालिकोटमा ट्याक्टर दुर्घटना भएको हो।

ताप्लेजुङको प्रशिद्ध पाथीभरा मन्दिर जादै गरेको बोलेरोमा भुइँमा लत्रीएको बिजुलीको तारबाट करेन्ट प्रवाह हुँदा आगो लागेर चार जनाको मृत्यु भएको हो।

मे.१ च ३०११ नम्बरको बोलेरोमा आगो लाग्दारो चालक फुङलिङ नगरपालिका-१० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापा घर भएकी ६९ बर्षिया सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

गम्भीर घाइते दुई जनालाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसैगरी गएराति कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मृत्यु भएका चारै जनाको सनाखत भएको छ। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पलाँता गाउँपालिका-२ राडुनेटा नजिक ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए।

पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा पलाँता गाउँपालिका–५ अम्मा शाही, पलाँता गाउँपालिका–४ ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र वि.क र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया छन्।

ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने सबैको शव अहिले पनि घटनास्थलमै छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय