गोकर्णेश्वरवासीका लागि स्वास्थमा अर्को खुशी

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र शहिद गंगालाल अस्पताल महाराजगन्ज बीच स्वस्थ्य सम्झौता भएको छ।

गोकर्णेश्वर नगरपालिकाले आफ्ना नगरवासीको हितमा गरेको स्वास्थ उपचारमा सहजीकरण र सहुलियत अन्तर्गत यो अर्को नयाँ चमत्कार हो। यसअघि नगरभित्रका अस्पतालसँगै भक्तपुर क्यान्सर अस्पतालसँग पनि नगरपालिकाले सम्झौता गरिसकेको छ। नगरप्रमुख दीपककुमार रिसालले नगरवासीलाई जटिल अवस्थाको स्वास्थ उपचारमा पनि कुनै बाधा नहोस् भनेर क्यान्सर अस्पतालदेखि मुटु र अन्य जटिल रोगको लागि यसरी विभिन्न अस्पतालसँग सम्झौता गरेको बताए।

आज भएको सम्झौता अनुसार अब गोकर्णेश्वरवासीले गंगालालमा उपचार गराउँदा साढे २ लाख बराबर छुट पाउने छन् । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल,उपमेयर सान्नानी लामा,नगरप्रबक्ता एवं गोकर्णेश्वर-५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, वडा अध्यक्षहरु नवराज लामा, नन्दलाल श्रेष्ठ, द्वारिका श्रेष्ठ, मधु तामाङ, मुरारीप्रसाद कुइकेल, केशव गुरुङ र स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय लगायतको उपस्थितीमा सहिद गंगालाल अस्पतालसँग सम्झौता भएको हो।

सम्झौता अनुसार नगरवासीले विपन्नका लागि १ लाख, विमाको १ लाख र नगरपालिकाको तर्फबाट ५० हजार गरी साढे २ लाख बराबर उपचारमा छुट पाउनेछन् । यो सम्झौतापछि गोकर्णेश्वर नगरपालिकाका विरामीले उपचारमा धेरै राहत पाउने देखिन्छ। नगर प्रमुख रिसालले अझै नगरवासीका लागी आवश्यकता अनुसार जहाँ जे जस्तो सुबिधा उपलब्ध गराउन सकिन्छ त्यसका लागी आफू सधैं लागिपर्ने बताए।

नगर प्रबक्ता एवं वडा नम्बर-५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदीले मुटुको रोगका कारण आर्थिक अभावले वा कुनै कारणले गोकर्णेश्वर नगरवासीहरु जटिल स्वास्थ समस्या ब्यहोरेर बस्न नपरोस् र समयमै उपचार होस् भन्ने उदेश्यले यो सम्झौता गरिएको बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय