सिके राउतले पक्राए आफ्नै कोषाध्यक्ष !
काठमाडौं । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध पार्टी अध्यक्ष डा.सिके राउतले उजुरी दिएका थिए।
पार्टीले केही दिन अघि स्पष्टीकरण सोधेपछी त्यसको जवाफ समेत दिइसकेका यादव सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् । उनले पार्टीको पैसामा किनेको अध्यक्ष राउत बस्ने घरलाई आफ्नो श्रीमतीको नाममा पास गराएको भन्दै ठगी मुद्दा दर्ता भएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताएका छन् । उजुरी दर्ता भएको समयमा राजबिराज नै रहेका यादव काठमाडौं आएर सबै कुरा बताउछु भन्दै थिए। तर,प्रहरीले उतै पक्राउ गरेको छ।
कोषाध्यक्ष यादव विरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर ल्याइने प्रहरीले जनाएको छ। पछिल्लो समय कोषाध्यक्ष यादव र पार्टी अध्यक्ष राउत बीच सम्बन्ध चिसिएको थियो।