ज्ञानेन्द्रको ‘लन्च मिटिङ’ खतराको घण्टी !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आइतबार निशेधित क्षेत्र लक्षित प्रदर्शन गर्ने भएपछि सरकार गम्भीर र सुरक्षा निकाय चनाखो भएको छ।

सरकारले कुनैपनि दल विशेषको आन्दोलन संयमीत नभएर उछृङ्खल र भड्किलो भएमा बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । यता राप्रपाले निशेधित क्षेत्रमा प्रदर्शन गर्ने समाचार बाहिरिएपछी गृहमन्त्रालयले सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइसकेको छ। मन्त्रालयले अराजक,उत्तेजक र गैरकानुनी कार्य गर्नेलाई नछाड्ने भनेको छ।

राप्रपाले गत चैत १५ मा दुर्गा प्रसाईं कमान्डर हुँदा भएको हत्या, आगजनी, अराजकता र तोडफोडलाई समेत गलत भन्न सकेको छैन। त्यस घटनामा एक जना पत्रकार सहित २ जनाको ज्यान गएको थियो। सोही घटनामा संलग्न भएको आरोपमा प्रसाईं सहित राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशम्सेर जबरा लगायत हिरासतमा छन् । राप्रपाले सोही घटनामा पक्राउ परेका आफ्ना नेताको रिहाई माग गर्दै प्रदर्शन गर्न लागेको हो।

उता, प्रदर्शनको दुई दिन अघि शुक्रबार राप्रपाका केही नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्र शाहले ‘लन्च मिटिङ’ गरेका छन् । यसले सरकार झन् आक्रोशित र सशंकित बनेको छ। निर्मल निवासमै कुनै गोप्य योजना बनेको र सो योजना अनुसार आजको प्रदर्शन निशेधित क्षेत्र लक्षित भएको आशंका सरकारले गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय