दरबार हत्याकाण्ड दलहरूले गराएका हुन् : स्वागत नेपाल

काठमाडौं ।तत्कालीन राजा विरेन्द्र शाह र उनको परिवार भित्रका सबै सदस्यको हत्या भएको २०५८ जेठ १९ को ‘राजदरबार हत्याकाण्ड’ दलहरूले घटाएको एक जना कानुन व्यवसायीले दाबी गरेका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन परिचालन समितिका प्रवक्ता समेत रहेका पुर्व पत्रकार एवं अधिवक्ता स्वागत नेपालले दरबार हत्याकाण्ड नेपालका दलहरुले गराएको दाबी गरेका हुन् ।

शनिबार काठमाडौंमा राजावादीहरुले आयोजना गरेको ‘पृथ्वी पथ’बारेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरुले दरबार हत्याकाण्ड गराएको कुरा आफू संसारका जुनसुकै अदालतमा गएर पुष्टि गर्न सक्ने बताए । विरेन्द्रको बंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड भएको बेला जसको सरकार हो, उसैले जिम्मेवारी लिनुपर्ने पनि उनले जिकिर गरे। त्यसबेला नेपाली कांग्रेसका तत्कालीन सभापति स्व.गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार थियो।

ज्ञानेन्द्र शाहलाई भाइमाराको आरोप लगाइएको बारे आपत्ति जनाउँदै उनले भने,‘सुनिन्छ,भाइमारा, भाइको हत्यारा । म वकिल हुँ, संसारको जुनसुकै अदालतमा पुष्टि गर्न सक्छु, दरबार हत्याकाण्ड नेपालका दलहरुले गराएका हुन् । उनीहरुले जिम्मेवारी लिनुपर्छ । किनकी त्यतिबेला सरकार राजाको थियो ? तिनै दलहरुको थियो । त्यसैले हत्याकाण्ड तिमीहरुले गराएका हौं । दलहरुले यसको जिम्मेवारी लिनुपर्छ । प्रहरी कसको थियो, सरकार कसको थियो ? सडकमा भेटिएको एउटा बेवारिसे लासको पनि जिम्मेवारी सरकारको हुन्छ । त्यसैले दरबार हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र त्यतिबेलासम्मका दलहरुले लिनुपर्छ, उनीहरुले हत्याकाण्ड गराएका हुन् ।’

त्यसैगरी उनले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय खुफिया एजेन्सीको कर्मचारी रहेको गम्भीर आरोप समेत लगाए । प्रधानमन्त्री ओलीले त्यहाँबाट नियमित रुपमा तलब बुझ्ने गरेको उनको आरोप छ । ‘केपी ओलीज्यू तपाईँले राति १२ बजे भारतीय खुफिया संयन्त्रको प्रमुखसँग एक्लै भेट्नुभएको हो । तपाईँ त्यहाँको कर्मचारी हो । तपाईँ त्यहाँको तलब बुझ्नुहुन्छ । तपाईँले राति १२ बजे एक्लै इन्डियन खुफिया एजेन्सीको मालिकसँग भेटेर, परराष्ट्र मन्त्रालयको कर्मचारीसमेत नगराखेर कति तलब बुझ्नुभयो ? होइन भने के कुरा गर्नुभएको थियो ? कहिल्यै सार्वजनि गर्नुभयो ?’ प्रश्न गर्दै उनले भने

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय