यातायात मन्त्री ३ घण्टा दाउन्नेमा फसेपछि…

काठमाडौं । नारायणगढ-बुटवल खण्डको सडक निर्माणको काम सुस्त हुँदा दैनिक हजारौं यात्रुले सास्ती खेप्नुपरेको कुरालाई वेवास्ता गर्दै आएका संघीय सरकारका एक जना मन्त्री नै अहिले त्यै जाममा फस्न पुगेका छन् ।

त्यो पनि बिभागिय मन्त्री नै दाउन्नेको जाममा ३ घन्टा फसेपछी अहिले चर्चाको बिषय बनेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल विहीबार साँझ करिब ३ घण्टा दाउन्ने सडक खण्डको जाममा फसेका थिए ।
बुटवलबाट नारायणगढ आउने क्रममा उनी ३ घण्टा बढी जाममा परेका हुन् । त्यसो त उनि बुटवल नारायणगढ सडक खण्डको स्थलगत निरीक्षणका लागि नै त्यता गएका थिए । सोही क्रममा उनी ३ घण्टा बढी जाममा फसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यातायात मन्त्री देवेन्द्र दाहाल झन्डै ३ घण्टा जाममा परेको हुन् । प्रहरी उपरीक्षक ढकालले भने-‘बाटो धान रोप्ने जस्तो भएको छ । पानी परेपछि गाडी चिल्पेर हैरान छ । त्यसैले वैकल्पिक बाटो प्रयोग गर्न सबैलाई सूचना जारी गरेका छौं ।’ ढकालका अनुसार पानी पर्नासाथ दैनिक १ सय भन्दा बढी सुरक्षाकर्मी दाउन्नेमा परिचालन गर्नु पर्ने अवस्था छ ।
मन्त्री दाहालले बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षण गरेका छन् ।

विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिएको हुन् ।

निरीक्षण पछि सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीसँग छलफलमा बसी सडक विस्तार भन्दा पनि सडक मर्मत गरी तुरुन्त सवारी पास हुने गरी दाउन्ने सडक खण्ड निर्माण गर्न निर्देशन दिएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भूधरातलका कारण सवारीसाधन केही समय बन्द गराएर विस्तारको काम भइरहेको छ ।

जसअन्तरगत बैशाख १ गतेबाट बैशाख १५ गतेसम्मका लागि राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा सडकमा यातायात आवागमन बन्द गरेर सडक विस्तारको काम गरिएको छ । प्रहरी उपरीक्षक ढकालले भने-‘मन्त्रीज्यूले निर्माण कम्पनीलाई तत्काल यातायात सहज ढंगले सञ्चालन हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । अब यातायात सहज होला भन्ने अपेक्षा गरौं ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय