२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा

काठमाडौँ । आजदेखि सुरु भएको नयाँ बर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । यो बाहेक स्थानीय र प्रदेश सरकारले थप गर्ने बिदा पनि छ।

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ८८ दिन सार्वजनिक बिदा पर्ने जानकारी दिएको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार यो वर्ष ५२ वटा शनिवार परेका छन् । ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिने निर्णय भएको छ ।

दसैँमा सात दिन र तिहारमा पाँच दिन बिदा दिइएको छ । यी बाहेकका अन्य पर्वहरूको बिदा २८ दिन छ । अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारको छ ।

स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिनसक्ने राजपत्रमा उल्लेख छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय