दुर्गा प्रसाईं पक्राउको पुष्टि ! प्लेनबाट काठमाडौं ल्याइने

काठमाडौं । अन्ततः फरार भनिएका दुर्गा प्रसाईं पक्राउ परेको पुष्टि भएको छ। यद्यपि उनी अझै भारतमै छन् ।
केहिबेरमा उनलाई परिवारका सदस्य र समर्थकले भारतको सिलगुडीबाट काँकडभिट्टा हुँदै झापा ल्याउने तयारी छ। उनलाई लिन दाजु लक्ष्मी प्रसाईं नेपाल-भारत सिमा पानीअट्याङ्की पुगेका छन् ।
भारतको आसाममा पक्राउ परेका भनिएका प्रसाईंबारे नेपाल प्रहरीले चाहिँ होइन भनिरहेको छ। यद्यपि नेपाल प्रहरीकै एउटा टोलि आसाम नै पुगेको र अर्को टोलिले झापाबाट भद्रपुर बिमानस्थल लैजाने तयारीमा बसेको स्रोतको भनाइ छ।
उनलाई दिउँसो भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याइने भएको छ। त्यसपछि मात्रै नेपाल प्रहरीले बोल्ने छ। तीनकुने घटनामा २ जनाको ज्यान गएपछि प्रसाईं डरले भागेका थिए। उनी त्यो दिनको राजावादी आन्दोलनमा कमान्डर थिए। फरार भएपछि पनि प्रसाईंले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। त्यसमा उनले आफू काठमाडौं कै मन्दिरमा रहेको दाबी गरेका थिए।

