भ्रमणको गाडी मध्यराति दुर्घटना हुँदा ३१ जना घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकाबाट भ्रमणको लागि यात्रु लिएर गएको गाडी जिल्ला कै बकैयामा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा राती १० बजेतिर अनियन्त्रित भइ बस पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिन्धुलीबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराति चिसापानीबजार स्थित धरान चतरा सडक खण्डको घुम्तीमा बस दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा बसमा चालक सहित ३१ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा मकवानपुर भिमफेदी-३ बुल्मिङ बस्ने वर्ष ४६ को श्रीराम बज्यु, भिमफेदी-५ ज्यामिरे बस्ने वर्ष ५५ की रिता कुमारी मगर, चितवन राप्ति २ गडौली बस्ने वर्ष २९ को पशुको डा सरोज ओझा, डा ओझाको श्रीमती वर्ष २७ की रेश्मा सुवेदी, भीमफेदी-६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाककी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्री सानी आले, भीमफेदी-५ अकोटे बस्ने वर्ष २५ को अनिल स्याङबो घाइते भई उनीहरुलाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।
त्यस्तै दुर्घटना घाइते भएका मकवानपुर भिमफेदी-२ निगाले बस्ने वर्ष ४५ को दिलिप राज बुलन, भिमफेदी-५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुरगढि-३ मक्रान्चुली बस्ने वर्ष ४२ को नारायण प्रसाद शर्मा, हेटौडा-११ थानाभर्याषङ बस्ने वर्ष २९ को उज्वल राना मगरको सामान्य उपचार पश्चात् राती नै डिस्चार्ज गरिएको छ।
त्यसैगरी दुर्घटनामा भीमफेदी-६ भदौरे बस्ने वर्ष ३२ को सुदिप पराजुली, भीमफ्फेदी-२ चौकीडाँडा बस्ने वर्ष २७ को सुयास पाख्रिन, भीमफेदी-९ झिरघारी बस्ने वर्ष २७ को शुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ को हित चन्द्र मोत्तान, भीमफेदी-२ को वडा अध्यक्ष वर्ष ४९ को कासीराम बज्युको हेटौँडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।
बासका सहचालक प्रहरीको नियन्त्रणमा छन् भने चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

