कामपा-६ मा कफि बारिस्ता तालिम सुरु

तस्वीर : अनुपराज शाही/मिराज

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-६ को आयोजना एवं सहयोगमा बारिस्ता कफि मेकिङ एक महिने तालीम सोमबारदेखि काठमाडौंमा सुरु भएको छ।

कामपा-६ बौद्ध स्थित मिराज ईन्स्टिच्युट फर भोकेसनल एजुकेसन एन्ड रिसर्चमा सुरु भएको तालिमको कामपा-६ का वडा अध्यक्ष भुवन लामाले उद्घाटन गरे। सो क्रममा अध्यक्ष लामाले वडावासीलाई कुनै न कुनै सीपसँग जोडेर स्वरोजगार बनाउने अभियान अन्तर्गत यो तालीम आयोजना गरिएको बताए। उनले सीप सिकेर वडावासीले आफ्नै मेहनतबाट स्वरोजगार बन्ने यो सुनौलो अवसर भएको र यसबाट वडाले समेत गर्व गर्नसक्ने उल्लेख गरे।

युरोपबाट भित्रीएको कफि कल्चर अहिले हामीकहाँ पनि व्यापक भैसकेको भन्दै वडा अध्यक्ष लामाले यो तालीमपछि वडावासीकै घरमा पनि स्पेसल कफिको स्वाद लिन पाउनेमा आशावादी रहेको सुनाए।

मिराज ईन्स्टिच्युटका निर्देशक योगेश बस्ताकोटीको अध्यक्षतामा भएको तालिम सुभारम्भ कार्यक्रममा मिराज ईन्स्टिच्युटका तालिम संयोजक एवं प्रशिक्षक प्रदीप सापकोटाले तालिमको उदेश्य बारे जानकारी दिएका थिए। मिराज ईन्स्टिच्युटका संरक्षक बिष्णु बस्ताकोटीले प्रशिक्षार्थीलाई शुभकामना सहित प्रमुख अतिथि लगायत सबैलाई धन्यवाद दिए।

तालिममा वडा भित्रका २५ जना नागरिकको सहभागिता रहेको छ। तालिममा सहभागीलाई यसै ईन्स्टिच्युटमा कफि एवं बेकरी तालीम लिइरहेका सिराहा लाहानकी स्वस्तिका गुप्ता र काभ्रेको चौरीदेउरालीका फुर्वा तामाङले मिराजमा सीप सिकेपछी बेरोजगार बस्न नपर्नेमा आफुहरु ढुक्क रहेको र वडावासीले पनि त्यो अवसर पाउनेमा बिश्वास रहेको सुनाए।

तस्वीर : अनुपराज शाही/मिराज

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय