संविधान संशोधनतर्फ सरकार केन्द्रित नहुनु दु:खद हो-शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकार बनेको ९ महिना बितिसक्दासमेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दुःखद् भएको बताएका छन् ।

उनले संविधानमा सुधार गर्न जरुरी रहेको समेत बताए। नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्ने कुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसदको रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गरेको स्मरण गराउँदै डा.कोइरालाले त्यसमा आवश्यक परिवर्तन जरुरी रहेकोमा जोड दिए।

नेता डा.कोइरालाले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप समेत लगाए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको बताए। उनले नेपाललाई समृद्ध बनाउन सकिने भन्दै त्यसको लागि विचौलियाहरुबाट सचेत र सतर्क रहन जरुरी रहेको उल्लेख गरे।

उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएको राजीनामाको बारेमा प्रसंग निकाल्दै विचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय