रवि लामिछानेलाई रुपन्देही लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हवाई मार्गबाट भैरहवा हुँदै रुपन्देही लगिदै छ। उनी रुपन्देही जेलमा रहनेछन् ।
सहकारी ठगी अभियोगमा गएराति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो। शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।
उच्च अदालतले उनलाई जिल्लाको १ करोड धरौटीमा छाड्ने फैसला उल्टाउदै कारागार पठाउने फैसला गरेको हो। उनी यस अघि १ करोड धरौटी बुझाएर हिरासत मुक्त भएका थिए।
गोर्खा मिडिया नेटवर्कमा आबद्ध रहेको बेला सहकारीको रकम अपचलन भएको अभियोग लागेका उनी पोखरामा सुर्य दर्शन,रुपन्देहीमा सुप्रीम,काठमाडौंमा स्वर्णलक्ष्मी र चितवनमा समेत धरौटीमा छुटेका थिए। अझै बिरगंजको सानोपाइला सहकारीको मुद्दामा अनुसन्धान हुँदैछ।
यसैगरी पार्टी काममा सक्रिय भएको पाचौं दिनमै सभापति लामिछाने जेल जाने अवस्था आएपछि रास्वपाको कार्यबाहक सभापति डिपि अर्याल चुनिएका छन् ।
शुक्रबार राती बसेको आकस्मिक बैठकले रवि लामिछानेको गिरफ्तारीको बिरोध गरेको छ भने कार्यबाहक सभापति डिपि अर्यालकै नेतृत्वमा आज चितवनमा भण्डाफोर सभा गर्ने भएको छ।

