रविन्द्र मिश्र सहित केहीलाई म्याद थपेर मुद्दा  चलाउने तयारी

काठमाडौ । राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर जबरा सहित केहीलाई म्याद थपगरी मुद्दा  चलाउने तयारी गरिएको छ।

गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शन र त्यसपछि २ जनाको ज्यान जानेगरी भएको घटनापछि पक्राउ परेका मिश्र र राणा लगायतलाई म्याद थपका लागि आइतबार प्रहरीले अदालत लगेको थियो। सो घटनामा पक्राउ परेकामध्ये ४१ जनालाई मुद्दा चलाउने निर्णयसहित प्रहरीले उनीहरुलाई आइतबार अदालत लगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार पक्राउ परेका ४१ मध्ये मिश्र र राणा सहित ११ जनालाई राज्यविरुद्धको कसुर र अरु बाँकीलाई अपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

सोही घटनाका मुख्य योजनाकार राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं फरार छन् । उनले आइतबार दिउँसो अज्ञात ठाउँको मन्दिरबाट लाइभ आएर आफू नभागेको र काठमाडौं मै रहेको जनाउ दिएका छन् । यद्यपि प्रहरीले उनलाई पक्राउ गरेको चाहिँ छैन ।त्यस्तै राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी नजरबन्दमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय