धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखसँग कृषिमन्त्री अधिकारीको छलफल

काठमाडौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले धादिङ जिल्लाका स्थानीय तहका प्रमुख एवं उपप्रमुखसँग छलफल गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङका स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग मन्त्री अधिकारीले छलफल गरेका हुन् ।

मन्त्री अधिकारीले छलफलमा सरोकारवालाका सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गरको जानकारी दिए।उनका अनुसार कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकाले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्नेछ।

सो छलफलमा आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता समेत मन्त्री अधिकारीले व्यक्त गरे । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा जिल्लाका २ नगरपालिका र ११ वटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिवद्वय डा.गोविन्द प्रसाद शर्मा, डा.राजेन्द्र प्रसाद मिश्रलगायत सहभागी थिए ।

मन्त्रालयले काठमाडौ उपत्यकाभित्रका पालिकाका प्रमुख एंव उपप्रमुखसँग पनि यसै विषयमा शुक्रबार मन्त्रालयमा छलफल आयोजना गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय