७० बर्षिया अमेरिकीलाई अपहरण गरि ४ करोड फिरौती माग्ने पक्राउ

पोखरा । अमेरिकाबाट नेपाल घुम्न आएकी एक ७० बर्षिय महिलालाई अपहरण गरि फिरौती उठाउन खोज्ने एक महिला पक्राउ परेकी छन् ।

अमेरिकी नागरिक अपहरण गर्ने ती महिला नुवाकोट बेलकोटगढी नगरपालिका-४ की ३७ वर्षीय सरिता लामा रहेको र उनलाई मकवानपुरबाट पक्राउ गरिएको हो ।

लामालाई प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। ती ७० बर्षिया अमेरिकाकी महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि जोमसोम गएकी थिइन् । उनीसँग सरिता लामाको पनि सामान्य चिनजान रहेको र कहिलेकाहीँ सामाजिक संजालमा कुराकानी हुने गरेको थियो ।

अमेरिकी महिलालाई नेपालमा रहँदा घुम्ने ठाउँहरूको बारेमा लामाले नै जानकारी दिएको बुझिएको छ। सोही क्रममा पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी अमेरिकनलाई उनले घरमा लैजान्छु भनेर फकाइन तर, आफ्नो घरमा लगिन् । घरमा नलगी लुकाएर फिरौती माग्न थालेपछि घटना सार्वजनिक भएको र अमेरिकी दूतावास सम्म पुगेको थियो।

त्यस घटनाको बारेमा नेपालस्थित अमेरिकन दूतावासले कास्की प्रहरीमा खबर गरेपछि खोजी सुरुभएको र कास्की प्रहरीले तुरुन्तै अनुसन्धान टोली खटाएर महिलाको सकुशल उद्धार गरेको हो।अपहरण अभियोग लागेकी सरिता लामाले ३ लाख युरो अर्थात् साढे ४ करोड फिरौती मागेको पनि खुलेको छ । घटनाबारे अमेरिकी दूतावासले मङ्गलवार प्रहरीमा खबर गरेको हो। ‘अमेरिकी नागरिकसँग सम्पर्क सामान्य रहेछ । नेपाल आएको बेला कहाँ कहाँ घुम्ने भन्ने अभिलेख राखेको र नेपाल आइसकेपछि घरमा लान्छु भनेर पोखराबाट लगेको तर घरमा नलगेको अनुसन्धानले देखायो,’ कास्की प्रहरीले घटनाबारे सामान्य जानकारी दिदै भनेको छ- ‘पोखराबाट चितवन हेटौँडा हुँदै पर्सातिर लगेको भेटियो । घटनाको प्रकृतिले उनलाई भारतसम्म लैजाने तयारी गरेको देखिन्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय