सदनमा सन्तोष चालिसे: गुहेश्वरी-तिलगंगा बाटो खोलौं

काठमाडौं। प्रतिनिधि सभा अर्थ समिति सभापति एवं काठमाडौं क्षेत्र नम्बर ३ का सांसद सन्तोष चालिसेले गुहेश्वरी-तिलगङ्गा ट्र्याक खोल्न सरकारको पुनः ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका चालिसेले यसअघिका बैठकमा पनि ध्यानाकर्षण गराउदै आएका छन् । तिलगंगा-गुहेश्वरी ट्र्याक पहिले खुलेर मानिस आवतजावत गरेपनी विश्व सम्पदा क्षेत्र भनेर अहिले बन्द छ। यो २ सय मिटर ट्र्याक नेपाल ट्रस्टको जग्गा अन्तर्गत पशुपतिको जंगल भएर जानुपर्छ ।

प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा बोल्दै सांसद चालिसेले सुन्दरीजलबाट बागमती करिडोर खोलेर गुहेश्वरीसम्म आए पनि नेपाल ट्रस्टको एक सय मिटर पर्खाल भत्काउन नसक्दा यातायात आवतजावतमा समस्या भएको बताए ।

काठमाडौंका धेरै सडकमा अत्याधिक ट्राफिक जामका कारण नागरिकले सास्ती पाइरहेको भन्दै उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। गुहेश्वरीदेखि तिलगङ्गासम्मको ट्र्याक खोलेमा गौशाला क्षेत्रको ट्राफिक जाम हल हुने उनको भनाइ थियो ।

उनले भने, ‘सुन्दरीजलबाट बाग्मती करिडोर खोलेर गुहेश्वरीसम्म आएको तथा नेपाल ट्रस्टको एक सय मिटर पर्खाल भत्काउन नसक्दा गुहेश्वरीदेखि तिलगङ्गासम्मको ट्र्याक बन्द भएको छ । चाँडै समस्या समाधान गर्न आग्रह गर्छु।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय