एसईईका परीक्षार्थीलाई प्रधानमन्त्रीका १० वटा टिप्स

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीहरुलाई शुभकामनासहित १० वटा टिप्स दिएका छन् ।

प्रधानमन्त्रीले बुधबार बेलुकी नै सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै ती टिप्स दिएका हुन् । उनले दिएका टिप्स मध्य विद्यार्थीलाई एसईई परीक्षाबाट नडराउन र फलामे ढोका भनेर नतर्सिन सुझाएका छन् । उनले जीवनका मोडमोडमा परीक्षा दिएर हिंड्नुपर्छ भन्दै सम्झाएका पनि छन् ।

हेरौं प्रधानमन्त्री १० टिप्सः

१. उत्तरपुस्तिका रुजु गर्ने, च्यातेको, खाली छ छैन हेर्ने

२. अतिरिक्त कलम बोक्ने, उस्तै लेख्ने र उही रंगको मसी प्रयोग गर्ने

३. उत्तरपुस्तिकामा लेख्दा बीचमा खाली पन्ना नछोड्ने

४. हतारमा परीक्षा दिएर बाहिर ननिस्कने

५. थप उत्तरपुस्तिकामा हस्ताक्षर गराउन नबिर्सिने

६. समयको व्यवस्थापन गर्ने, सभ्य भएर परीक्षा दिन जाने

७. परीक्षा दिन जाँदा आफूलाई चाहिने सम्पूर्ण सामानको हेरविचार गर्ने

८. आफूलाई आउने प्रश्नहरुको उत्तर सुरुमा लेख्ने

९. प्रवेश पत्र लैजना नबिर्सिने, खानपानमा विचार पुर्याउने

१०. निद्रा पुर्याएर परीक्षा दिन जाने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...