चैत १५ गते गणतन्त्र पक्षधरको काठमाडौंमा प्रदर्शन

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहलाई खुशी पार्न राजावादीले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि अब गणतन्त्र पक्षधरले पनि जवाफी प्रदर्शन गर्ने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र समेत समाजवादी मोर्चामा आवद्ध दलहरूले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् । यद्यपि यसमा मोर्चामा नरहेका अन्य दलको पनि समर्थन र ऐक्यबद्धता रहने बताइएको छ। पुर्व राजाको पक्षमा राप्रपा र दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेपछि समाजवादी मोर्चाले काउन्टर दिन प्रदर्शन गर्न लागेको बताइएको छ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए। गत आइतबार राजावादीको प्रदर्शनलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीलाई कसरी काउन्टर दिने भन्ने रणनीति बनाउने बिषयमा छलफल गरेका थिए।

लगत्तै समाजवादी मोर्चाको नामबाट राजावादीको सक्रियतालाई ध्यान दिदै विरोध स्वरुप गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो। तर, मोर्चाले बिरोध कार्यक्रमलाई ‘प्रतिगामी शक्ति’विरुद्ध संयुक्त प्रदर्शन भनेर अन्य दलको पनि समर्थन लिन लागेको छ। स्रोतका अनुसार सत्ता गठबन्धन भित्रका दलले पनि कार्यकर्ता पठाएर गणतन्त्रको पक्षमा जनलहर बढेको देखाउने प्रयास भैरहेको छ। यद्यपि यसबारे नेपाली कांग्रेस र नेकपा एमालेले कुनै प्रतिक्रिया जनाइसकेको भने छैन।

पश्चिम नेपालको भ्रमण सकेर पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका बेला राजावादीले प्रदर्शन गरेपछि सत्तामा रहेका र बिपक्षीमा रहेका धेरैजसो दलले यसको विरोध गर्दै आइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने बिरोध र समर्थन दुबैमा खासै ध्यान दिएको छैन । तर, समाजवादी मोर्चामा आवद्ध दलहरूले चाहिँ चैतको २/३ गते नै बिरोधका कार्यक्रम गरिहाल्ने भनेपनी १५ गते मात्रै गर्न सहमत भएको हो।

पालैपालो नेतृत्व रहने भनिएको समाजवादी मोर्चाको संयोजक अहिले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव छन्। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपाल कम्युनिस्ट पार्टी र महेन्द्र राय यादवको समूह आबद्ध छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...