सिङ्गै सरकार कुलमानको पछि लाग्नु ठिक होइन-गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सिङ्गो सरकार नै कुलमान घिसिङको पछि लागेकोमा आश्चर्य व्यक्त गरेका छन् ।
उनले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको पछि लागेर किचकिच गरिरहेको टिप्पणी गरे। शनिबार सिन्धुलीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आगामी ४/५ महिनामा सेवा अवधि सकिँदै गरेको कुलमानको पछि लाग्नु राम्रो नरहेको दोहोर्याए ।
उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको भूमिकाप्रति टिप्पणी गर्दै उनले सरकार यसरी एउटा व्यक्तिको पछाडि लाग्न नहुने बताए । साथै उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कामको भने प्रसंशा गरे ।
अहिले परराष्ट्र मन्त्रालयले समस्याको समाधान दिनेगरी काम गरिरहेको बताए । विदेशमा रहेका नेपालीको संख्यालगायतको डाटा संकलन गरेर परराष्ट्र मन्त्रालयले डा.देउवाको नेतृत्वमा प्रभावकारी काम गरिरहेको उनको दाबी छ ।

