म्याग्दी र बाग्लुङमा शनिबार विहान दुई भूकम्प

पोखरा । गण्डकीका दुई जिल्लामा शनिबार विहान दुईपटक भूकम्प गएको छ । म्याग्दी र बागलुङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
आज बिहान सवा ३ बजे म्याग्दीको मुरी आसपास केन्द्र भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
त्यस्तै आजै विहान बागलुङमा पनि भूकम्प गएको छ । ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपालमा पछिल्लो समयमा नियमित अन्तरालमा सानाठुला भूकम्प गइरहेका छन् ।

