मन्त्री परिषद निर्णय : कुलमानलाई ३ दिने स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए ।
यसअघि पनि मन्त्री खड्काले पटकपटक स्पस्टिकरण सोधिसकेका थिए। तर, कुलमानले मन्त्रीले नभै सरकारले नियुक्ति गरेकोले स्पष्टीकरण पनि सरकारले सोध्नुपर्ने भनेका थिए। उर्जा मन्त्री खड्का र घिसिङ बिच सुरुदेखि नै ट्युनिङ मिलिरहेको थिएन।
भर्खरै सरकारले कुलमानलाई कार्यसम्पादनमा समेत शून्य अंक दिएको थियो। कुलमानले भने सरकारले शून्य दिएपनी जनताले माया गरेको प्रतिक्रिया दिएका थिए।

